हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु
पाेखरा | साउन १, २०८१
सांकेतिक तस्वीर
पोखरा: पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले मंगलबार दिउँसो फेला पारेको छ ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्ने २५ वर्षीय सन्तोष सिंखडा पौडी खेल्ने क्रममा सो खोलामा डुबेर बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले डिप ड्राइभ गरी झण्डै २० फिट गहिराइबाट उनको शव बाहिर निकालेको हो ।
उनको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

